Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • वडा सदस्यमाथि जातीय विभेद : वडाध्यक्ष १ लाख ५० हजार धरौटीमा रिहा

    वडा सदस्यमाथि जातीय विभेद : वडाध्यक्ष १ लाख ५० हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।

    न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले ‘आरोपितलाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने उपयुक्त कारण नदेखिएको’ ठहर गरेपछि उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।



    सोही वडाकी वडासदस्य मैया नेपालीलाई जातीय विभेद गरेको किटानी जाहेरीपछि उनी पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत कास्कीले शुक्रबार धरौटीमा रिहा गरेको हो । उनीविरुद्ध मैयाले नै किटानी जाहेरी दिएकी थिइन्।



    आफूविरुद्ध उजुरी परेसँगै वडाध्यक्ष अधिकारीले पुस २६ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । अधिकारीले पुस १८ गते वडामा डाकिएको स्थानीय आमा समूहहरु भेलामा मैयामाथि जातीय विभेदजन्य गाली गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार