Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पहिलो पटक कालापानी सीमाको १ नम्बर पिलरमा पुग्यो सशस्त्रको गस्ती

    पहिलो पटक कालापानी सीमाको १ नम्बर पिलरमा पुग्यो सशस्त्रको गस्ती

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

    गत महिना छाङरुमा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)बाट इन्सपेक्टर लिली चन्दको एपीएफ टोलीले लिपुलेक नजिकैको १ नम्बर सीमा स्तम्भमा फोर्स मार्च गरेको हो। एक नम्बर पिल्लरबाट लिपुलेक ७ किलोमिटर टाढा छ। जुन अहिले भारतको कब्जामा छ। सो क्षेत्रमा भारतले सडक बनाइरहेको छ।



    नेपाल-चीनको एक नम्बर पिल्लर भने तिंकरमा पर्छ। तिंकर वस्तीबाट १० किलोमिटर टाढा छ सीमा स्तम्भ। असार ३ गते छाङरुबाट एपीएफ टोली गस्तीका लागि तिंकर सीमातर्फ गएको थियो।



    असार ३ गते बीओपीको एपीएफ टोली तिंकरतर्फ गएकै दिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रधान सेनापति पूर्णचन्द्र थापा सीमा तथा सडक निरीक्षणका लागि हेलिकोप्टरबाट छाङरु पुगेका थिए। उनीहरुले तिंकरको हवाई निरीक्षणसमेत गरेका थिए।

    दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले छाङरुबाट एपीएफ टोली एक नम्बर पिल्लर पुगेर आइतवार फर्किएको जानकारी दिए।

    सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

    गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार