काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेका छन्।
राजदूत श्रीवास्तव मन्त्री पौड्याललाई भेट्न बिहीबार परराष्ट्र मन्त्रालय पुगेका थिए।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने विषयमा छलफल भएको थियो।
साथै सो अवसरमा राजदूत श्रीवास्तवले पौड्याललाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पठाएको बधाईपत्र पनि हस्तान्तरण गरेका थिए।
Leave a Reply