Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वपाको बैठक सिंहदरबारमा जारी

    उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वपाको बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । आज बिहान करिब ९ बजेदेखि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

    बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।



    सत्ता गठबन्धनमा आबद्ध दलबीच विभिन्न पदको भागबन्डा गर्दा उपसभामुखमा रास्वपाको भागमा परेको थियो । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी छन् । तर रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना बलियो छ ।



    काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन्। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार