Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महिलालाई चुनौतीपूर्ण बन्दै क्वारेन्टाइन

    महिलालाई चुनौतीपूर्ण बन्दै क्वारेन्टाइन

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बीर

    काठमाडौँ । कैलालीको लम्कीचुहास्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी एक महिलाले आफू बलात्कृत भएको आरोप लगाइन् । गत शनिबार मध्यरातमा क्वारेन्टाइनमा स्वयंसेवकका रूपमा खटिएका ३ जनाले सामूहिक बलात्कार गरेको उनको आरोप थियो ।

    उनी जेठ २० मा गौरीफन्टा नाकाबाट सीधै उक्त क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । ती महिलाको उजुरीपछि बलात्कारमा संलग्न भनिएका लक्ष्मण परियार, किशोर परियार र सर्जन विक पक्राउ परे । कैलाली जिल्ला अदालतले जेठ ३२ देखि लागू हुनेगरी ७ दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न कैलाली प्रहरीलाई सोमबार आदेश दिएको छ । हाल आरोपितहरू जिल्ला प्रहरीको थुनामा छन् ।



    यस घटनालाई महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले सरकारले व्यवस्थापन गर्न बनाएको क्वारेन्टाइन मापदण्डअनुरूप लैंगिकमैत्री नहुँदाको परिणाम भनी औंल्याएको छ । असार १ मा सञ्जालकी केन्द्रीय अध्यक्ष रेणु अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले गर्भवती महिला, १० वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने भनेको छ । तर क्वारेन्टाइनहरू न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणसँगै यसले अन्य अप्ठ्यारा र बलात्कारजस्तो हिंसा भोग्नुपर्ने परिस्थिति बनेको छ ।’



    सञ्जालले महिलाहरूका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्थापन गर्न, क्वारेन्टाइनमा महिला प्रहरी, स्वास्थ्यकर्मीको समेत प्रबन्ध मिलाउन, क्वारेन्टाइनस्थलहरू सरकारले बनाएको मापदण्डअनुरूप सञ्चालन गर्न आग्रह गरेको छ । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार