Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपसभामुखको निर्वाचन प्रक्रिया सुरु : उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन

    उपसभामुखको निर्वाचन प्रक्रिया सुरु : उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

    संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।



    मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।



    सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार