काठमाडौं । यती एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।
आइतबार काठमाडौंंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै अवतरणको क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
अमेरिकाको टेक्ससबाट पाइलट कोर्स पूरा गरेर फर्किएका उनले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।
उनै केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान पनि गरेका थिए । जहाजमा सवार सबैको मृत्यु भएको छ ।
Leave a Reply