Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

    गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

    प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ५४० पुगेको हो ।



    संक्रमित हुनेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित ८ जना पुरूष र ६ वर्षीक एक बालिका र १ महिला तथा कालिगण्डकी गाउँपालिकाका १४ वर्षीय बालक र ४८ वर्षका पुरूष छन् ।



    यस्तै नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका १८ देखि ४२ वर्ष उमेर समूहका ८ जना पुरूष रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

    संक्रमित सबै भारतबाट फर्किएको भएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार