Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 861
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

    बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।



    मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन् ।



    उनको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई विश्वासको मत दिएनन् । मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार