Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • ‘केजीएफ २’ कै हाराहारीमा ‘पठान’को नेपाल राइट बिक्री

    ‘केजीएफ २’ कै हाराहारीमा ‘पठान’को नेपाल राइट बिक्री

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 651
    SHARES

    काठमाडौं । रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ ।

    निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए-एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो ।



    गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले साढे दुई करोड रुपैयाँ (एक करोड ५६ लाख भारु)मा खरिद गरेका थिए ।



    ‘पठान’को लगानी उठाउन फिल्मले झण्डै नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । यदि फिल्मको वर्ड अफ माउथ सकारात्मक आएमा यसले दुई अंकको कमाइ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

    शाहरुखको फिल्म चार वर्षपछि आउन लागेकाले पनि नेपाली फ्यानमाझ यसलाई लिएर ठूलै पर्खाइ छ । यो फिल्म आगामी बुधबार नेपालसहित विश्वभर प्रदर्शन हुनेछ । दर्शकमाझ बुधबार र विहीबार रिलिजको बानी नपरे पनि फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गर्न सक्ने देखिन्छ ।

    भारतमा फिल्मले पहिलो दिन ३९ देखि ४१ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण बलिउड हंगामाले गरेको छ । भारतमा बुकिङ खुलिसकेकाले आक्रामक ट्रेण्ड देखिएको छ भने नेपालमा सेन्सरपछि मात्र बुकिङ खुलाउने तयारी मल्टिप्लेक्सले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार