Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : विमलेन्द्र निधी

    एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : विमलेन्द्र निधी

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 606
    SHARES

    काठमाडौं । सांसद् विमलेन्द्र निधीले देशमा राजनैतिक स्थीरता जरुरी रहेको बताएका छन् । संसद्मा बोल्दै निधीले संविधानको सफल कार्यान्वयनबाट नै राजनैतिक स्थीरता हुने बताएका हुन् ।

    निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले संसद् र जनता नै झस्किएको बताए । उनले त्यो अवस्थाको आकलन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिदा ओली नै झस्किएको बताए ।



    सांसद् निधीले भने, ‘हामी झस्केका छौं । कहीं फेरि प्रतिनिधि सभा बिचमा विघटन त हुँदैन भन्ने शंका लागेको छ । प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ सरकारलाई समर्थन गर्ने दलहरुले । ’



    प्रतिनिधि सभाको पूर्ण आयु सफलता पुर्वक कार्यान्वयन हुन सक्नुपर्ने बताए । निधीले इश्वरीदेवी न्यौपाने सर्वाधिक योग्य, क्षमतावान, समन्वयकारी व्यक्तित्व रहेको भन्दै सभामुखमा मत दिन आग्रह गरे ।

    उनले त्यसलाई मान्दिन भनेर ओलीले गरिरहेको जिद्दिलाई जनआन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु बयलगाढा चढेरअमेरिका जानु जस्तै भनेर दिएको अभिव्यक्तिसँग तुलना गरे । उनले ओलीको मनस्थिति बुझेर नै आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बलियो बनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार