Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन : रवि लामिछाने

    गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 735
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

    हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री लामिछानेले घुमाउरो जवाफ दिएका हन् ।



    प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।



    सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

    उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’

    आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार