Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई भेट्न प्रधानमन्त्री टिचिङ अस्पतालमा

    जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई भेट्न प्रधानमन्त्री टिचिङ अस्पतालमा

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका यात्रुका आफन्तलाई भेटेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगी जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका हन्।



    प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि निर्देशन दिए ।



    प्रधानमन्त्री प्रचण्डले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरे ।

    परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार