Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रेमीकै अगाडि युवतीले ब्लांकेटसँग बिहे गरेपछि…

    प्रेमीकै अगाडि युवतीले ब्लांकेटसँग बिहे गरेपछि…

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । एकजना बेलायती महिलाले प्रेमीकै अगाडि एउटा ब्लांकेटसँग बिहे गरेकी छिन् ।ती युवतीको नाम पास्कल सेलिक हो । युवतीका अनुसार ब्लांकेटसँग उनको पहिलो नजरमै प्रेम बसेको थियो ।

    ब्लांकेटसँगको आफ्नो नाता सबैभन्दा उत्कृष्ट नाता रहेको उनको दाबी छ । ब्लांकेटले पहिलो नजरमै आफ्नो हृदयमा कब्जा जमाएको उनको जिकिर छ । आफ्नो ब्वायफ्रेण्डकै र परिवारकै अगाडि एउटा निर्जिव ब्लांकेटसँग ती युवतीले बिहे गरेको भिडियो सोसल मिडियामा सार्वजनिक भएसँगै त्यसले अनेक खालका प्रतिक्रिया जन्माएको छ ।



    उनले सन् २०१९ को भ्यालेन्टाइन डे को अवसरमा एक खुल्ला विवाह समारोहको आयोजना गरेकी थिइन् । पहिलो नजरमै प्रेम बसेर आफुले बिहे गरेको ब्लांकेटलाई उनी सबैभन्दा बफादार जीवनसाथी मान्छिन् ।



    उनले बेलायतको एक्सेटरमा ब्लांकेटसँग बिहे गरेकी थिइन् र उक्त बिहेमा आफ्नो ब्वायफ्रेण्ड र परिवारका सदस्यलाई पनि निम्ता गरेकी थिइन् । एक टेलिभिजन कार्यक्रममा उनले ब्लांकेटसँगको आफ्नो सम्बन्धका बारेमा खुलासा गर्दै आफुलाई सबैभन्दा धेरै न्यायो र तातो त्यहीँ ब्लांकेटले प्रदान गर्ने बताइन् ।

    ब्लांकेट आफ्नो लागि जीवनसाथी जस्तै रहेको भन्दै उनले आफ्नो सुखदुखमा आफुसँग ब्लांकेट नै रहने बताउँछिन् । आफुले ब्लांकेटसँग बिहे गर्नुको खास कारण आफ्नो ब्वायफ्रेण्डलाई पनि जानकारी रहेको उनको भनाई छ ।

    वास्तवमा ब्लांकेटसँग बिहे गरेर आफुले आत्मप्रेमको सन्देश दिन खोजेको उनको दाबी छ । प्रेम पाउनका लागि रिलेसनसीपमै रहनु आवश्यक हुँदैन भन्ने मानिसहरुलाई सम्झाउन चाहेको उनी बताउँछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार