Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सेवामा समस्या आएको भन्दै नेपाल टेलिकमले माग्यो माफी

    सेवामा समस्या आएको भन्दै नेपाल टेलिकमले माग्यो माफी

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 609
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले गत मंगलबार भएको सेवा अवरुद्धबारे जानकारी दिएको छ।

    कम्पनीका केही उपकरणमा समस्या आउँदा मंगलबार १२ बजेदेखि केही समय अवरुद्ध हुनपुगेको र तत्काल समस्या समाधान गरिएको टेलिकमले जनाएको हो।



    हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केहीबेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ ।



    तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गइ नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ।

    भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने कम्पनीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार