Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • महामन्त्री शर्माले भने – कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुन्छ

    महामन्त्री शर्माले भने – कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 624
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

    महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।



    शर्माले भने, ‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ । अहिलेलाई यतिमात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन । किनभने अहिले हामी सभामुखको चरणमा छौं । सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चरण जब आउँछ, त्यसपछि थाहा हुन्छ । यसका लागि समय लाग्छ । ’



    केही दिनअघि नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो ।

    त्यसयता कांग्रेस नेताहरूले माओवादीसँग राष्ट्रपतिमा सहमति भएको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार