काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ ।
असार १ गतेबाट मोडालिटी परिवर्तन गरिएको भए पनि लकडाउन भने खुलाइएको छैन । देशभर जोर विजोर प्रणाली अनुसार निजी सवारीसाधनहरु सञ्चालित छन् भने सार्वजनिक यातायातलाई रोक लगाइएको छ ।
लकडाउनकै बेला भाडा उठाएर काठमाडौंमा यात्रु ओसार्ने ४ वटा सार्वजनिक सवारीसाधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार विना पास वढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा सार्बजनिक भाडाका बसहरू नियन्त्रणमा लिइएको हो ।
प्रहरीले विभिन्न मितिमा नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ र बा४ख ४५८० नम्बरको हाईस तथा झापाबाट आएको ना५ख ५८३४ नम्बरको बसहरु नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीलले बसका साथै चारवटै सवारीसाधनका चालहरुलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालकहरुमा विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।
महाशाखाका अनुसार यी सवारी साधनहरुले लकडाउनका बेला आफूखुसी भाडा असुली गरी यात्रुहरुलाई काठमाडौं प्रवेश गराउने प्रयास गरेका थिए ।
Leave a Reply