काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
सभापति शेरबहादुर देउवाले सभामुखको निर्वाचनका विषयमा छलफल गर्न बुधबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । सभापति देउवाले बुधबार विहान पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग त्यसबारे परामर्श गरेका थिए ।
बैठकले विपक्षमा रहेका दलहरूसँग गठबन्धन गरेर सभामुखमा उम्मेदवारी दिने गरी छलफल गर्ने निर्णय गरेको छ ।
यसबीचमा नेताहरूले विपक्षमा रहेका दलहरूसँग परामर्श गर्ने र उम्मेदवारको चयन हुने नेताहरूले बताएका छन् ।
Leave a Reply