काठमाडौं । डा. सन्दुक रुइतलाई १० लाख डलरको पुरस्कार दिइने भएको छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।
मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताइएको छ ।
मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार २०१३ देखि दिन थालिएको थियो ।
Leave a Reply