Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन (सूचीसहित)

    यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।

    राष्ट्रपति भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् ।  नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी हुन् ।



    राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।



    गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन्। यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन्।

    राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्।

    यस्तो छ मन्त्रीहरूको वरीयता : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार