Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्यटनमन्त्री किराँतीले गरे पद बहाली, भन्छन् – हवाई सुरक्षामा कडाइ आवश्यक छ, आजैबाट काम गर्छु

    पर्यटनमन्त्री किराँतीले गरे पद बहाली, भन्छन् – हवाई सुरक्षामा कडाइ आवश्यक छ, आजैबाट काम गर्छु

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पद बहाली गरेका छन् ।

    सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै किराँतीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् ।



    आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए ।



    मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे ।

    त्यस्तै, पर्यटन मन्त्रालयमा कर्मचारी दरबन्दी कटौती गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने पहिलो निर्णय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार