Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पाएन पूर्णता, अझै २ मन्त्रालय खाली

    प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पाएन पूर्णता, अझै २ मन्त्रालय खाली

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन् ।

    प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाउन नसकेको हो।  प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ हुन् ।



    गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री बनाए पनि सबैलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिएनन्, १७ मन्त्रालय आफैंले हेर्दै आएका थिए।



    मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा २ मन्त्रालय भने खाली नै छ। युवा तथा खेलकुद र वन मन्त्रालय खाली छ। यी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ।

    सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन यी दुई मन्त्रालय राखिएको स्रोतले जानकारी दिएको छ। तर अध्यक्ष यादवले आफूहरूको पार्टी सरकारमा जाने वा नजाने टुंगो नलागेको प्रतिक्रिया दिएका छन्।

    सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागबन्डाबारे जसपाले असन्तुष्टि जनाएको थियो। जसपाबाट प्रतिनिधि सभामा १२ जना सांसद छन्। जसपाले उपराष्ट्रपति पनि दाबी गरेको छ। तर उपराष्ट्रपतिमा माओवादीको पनि दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार