Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • विश्वासको मत दिने दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    विश्वासको मत दिने दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिने दलहरुसँग आज छलफल गर्दै छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् ।



    विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजे प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।



    सभामुख, राष्ट्रपति लगायतका विषयमा छलफल हुनेछ । यस्तै सत्ता साझेदार दलहरुले सोमबार साँझ मन्त्रीमण्डल विस्तारको सहमति गरेको छ ।

    एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार