Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 963
    SHARES

    काठमाडौं । आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।



    प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको छ ।कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि केन्द्रले रोक लगाएको छ ।



    कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

    केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले प्रवेश परीक्षा रोक्ने विषयमा तत्काल निर्देशनमात्रै दिइएको भए पनि केही समयपछि स्थानीय तहका प्रमुखसँग छलफल पनि गरिने बताए। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार