Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बेसारको महत्व नबुझेर केही विद्वानले मजाक उडाए : प्रधानमन्त्री

    बेसारको महत्व नबुझेर केही विद्वानले मजाक उडाए : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार जस्तो दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले मजाक उडाएको बताएका छन् ।

    विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको दोहोर्‍याए ।



    प्रधानमन्त्री ओलीले भने–‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए । आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ ।’



    ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’ उनले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’

    ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ । त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गर्ने ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार