Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालकोटबाट पाँच घन्टापछि बाहिरिए प्रधानमन्त्री प्रचण्ड, भने – मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ

    बालकोटबाट पाँच घन्टापछि बाहिरिए प्रधानमन्त्री प्रचण्ड, भने – मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताएका छन्।

    सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’



    प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताए।

    एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्। ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको जनाइएको छ।

    यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

    राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार