Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरा विमान दुर्घटना अपडेट : शव निकाल्ने क्रम जारी

    पोखरा विमान दुर्घटना अपडेट : शव निकाल्ने क्रम जारी

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 654
    SHARES

    पोखरा । दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा शव देखेर पनि निकाल्न कठिन भएको छ ।

    पोखराको नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको हो।



    हिजो बेलुका ६६ वटा शव संकलन र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन् ।



    विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।

    बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाउने काम भैरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार