काठमाडौं । आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दुर्घटनामा परेको हो।
यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको पहिलो श्रीमान पनि विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ ।
कोपाइलट अञ्जुले जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन्। विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।
सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो। पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।
अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। यतीको एटिआर जहाज ६८ जना यात्रु सवार थिए । पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए ।
Leave a Reply