Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो सेनाको हेलिकप्टर

    प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो सेनाको हेलिकप्टर

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

    आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।



    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं ।’



    प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो ।

    प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार