Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • महाप्रबन्धक ठाकुरले भने – मापदण्ड पूरा गरेरै उडान गरिएको हो

    महाप्रबन्धक ठाकुरले भने – मापदण्ड पूरा गरेरै उडान गरिएको हो

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 948
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको बताएका छन् ।

    उनले उडानका लागि बाहिरका सबै विषय सामान्य रहेको अवस्थामा जहाज जहाज दुर्घटना भएको बताएका हुन्।



    महाप्रबन्धक ठाकुरले काठमाडौंबाट उडान गर्दा र पोखरासँगको टावरसँगको सम्पर्कका क्रममा पनि अवतरणका लागि अनुमति दिएपछि जहाज दुर्घटना भएको बताए।



    एयरलाइन्स र एयरपोर्टले सम्पूर्ण मापदण्ड पूरा गरेर नै उडान भरेको ठाकुरले बताए । एयरपोर्टबाट नजिकैको दूरीमा दुर्घटना भएको पनि उनले जानकारी दिए ।

    दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक थिए । त्यसमा ५३ नेपाली यात्रु रहेको पनि ठाकुरले बताए । विमानमा चार चालक दलका सदस्य थिए । सबै गरेर विमानमा ७२ यात्रु थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार