काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ।
६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।
जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। केसी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।
काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।
Leave a Reply