Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यती एयर दुर्घटना

    दुर्घटनामा परेको जहाजका तीन टुक्रा, अहिलेसम्म कोही भेटिएन जीवित

    दुर्घटनामा परेको जहाजका तीन टुक्रा, अहिलेसम्म कोही भेटिएन जीवित

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 588
    SHARES

    पोखरा । पोखरामा दुर्घटन भएको यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ ।

    घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको भेटिएको हो । अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।



    आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको थियो ।



    विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ ।

    साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ । जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार