Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • यती एयर दुर्घटना

    उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा

    उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 576
    SHARES

    काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटनापछि वस्तुस्थित बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्। उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन्।



    यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बोलाए पनि उनी विवरण बुझ्न कन्ट‍्रोल रूममा पुगेका हुन्।



    काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो ।

    प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार