Online Nepal
  • बुधबार, २ माघ २०८१
  • माघे संक्रान्तिको प्रकृतिसँग मुख्य सम्बन्ध छ : उपराष्ट्रपति पुन

    माघे संक्रान्तिको प्रकृतिसँग मुख्य सम्बन्ध छ : उपराष्ट्रपति पुन

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ आर्थिक वर्षको रुपमा मनाइने माघे संक्रान्तिको मुख्य सम्बन्ध प्रकृतिसँग रहेको बताएका छन् । थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

    “सूर्य धनु राशीलाई छाडेर मकरराशीमा प्रवेश गरेको तीथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ । यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ” उनले शुभकामना सन्देशमा भनेका छन् । अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुने पनि उनको भनाइ छ ।



    पर्वले आपसी सदभाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदैआएको उपराष्ट्रपति पुनले विश्वास लिएका छन् । पर्वको अवसरमा उनले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

    “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण मुलुक हो । यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु छन्” उपराष्ट्रपति पुनले विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरु नेपालीहरुको साझा चाडपर्व भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार