Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • राष्ट्रपति र सभामुख निर्वाचनअघि कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रपति र सभामुख निर्वाचनअघि कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र सभामुख निर्वाचनअघि सबै दलसँग छलफल गर्ने बताएका छन् ।

    बालुवाटारमा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै यस्तो बताएका हुन् ।



    उनले माघ ३ गते मंगलबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।



    “राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरुपमा नै सहमति कायम गर्ने मेरो तयारी छ,” उनले भने, “३ गतेसम्म सर्वदलीय छलफल गर्ने तयारीमा छु । सर्वदलीय बैठकमै आएको विचारपछि राष्ट्रपति र अन्य पदमा छलफल हुन्छ ।”

    राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरूपमा नै सहमति कायम गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार