Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिममा संवैधानिक संकटको खतरा, सभामुख चयन दोस्रोपटक पनि विफल

    सुदूरपश्चिममा संवैधानिक संकटको खतरा, सभामुख चयन दोस्रोपटक पनि विफल

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 588
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा गठबन्धन भित्र किचलो बढेपछि सभामुख चयनको दोस्रो प्रयास पनि विफल भएको छ । बिहीबार एक मत बदर तथा गठबन्धनका दुई सदस्यको अनुपस्थितिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भीम भण्डारी सभामुख चयन हुनबाट एक मतले रोकिएका थिए ।

    शुक्रबार गठबन्धनको किचलो तथा सभाध्यक्षको अनुपस्थितिले प्रदेश सभा बैठक बस्न सकेन । सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मत मात्रै खसेको छ । उनले नागरिक उन्मुक्तिको ७ मत नपाउँदा २२ मत मात्रै पाए ।



    यस्तै विपक्षमा पनि २२ मत आएको छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ७ सांसद रहेको सत्ता साझेदार नागरिक उन्मुक्ति तटस्थ बसेको थियो।



    मतविभाजनमा ४४ जना सांसद सहभागी भएका थिए । प्रदेश सभाका तत्काल कायम प्रदेश सभा सदस्यको बहुमत नआएकाले भण्डारीलाई सभामुख चयन हुन नसकेको सभाध्यक्ष शिवराज भट्टले घोषणा गरेका छन् । अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्ने गरी सम्पन्न भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार