Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • आइतबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

    आइतबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बेलुकासम्म मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार गर्ने तयारी गरेका छन्।

    शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।



    ‘केपी ओलीजीसँग मन्त्रिमण्डल विस्तारबारे सहमतिनजिक पुगेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसपछि पर्सी नै बैठक बस्ने आन्तरिक तयारी छ ।’ आजै बिहान उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल गरेका थिए ।



    पूर्ण मन्त्रिमण्डल विस्तार भइसकेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनका लागि माघ ३ गते सर्वदलीय बैठक बस्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार