काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, उग्रचण्डीनालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका १० अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रह्मपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताइन् ।
“समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ । यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो,” उनले भनिन् ।
आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुन सक्ने उनको धारणा थियो ।
Leave a Reply