Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनबीच कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

    मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनबीच कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 513
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताएका छन् । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका हुन्।

    विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।’



    उनले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गरे । डेलिभरी दिएरमात्र परिवर्तनको वैधता रहने उनले स्पष्ट पारे ।



    यता देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । उनले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए ।

    उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक बीचमा अप्ठ्यारो स्थिति थियो । मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु ।’ उनले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार