Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एकीकृत समाजवादी अध्यक्ष नेपालले भने – हामी तत्काल सरकारमा जाँदैनौं

    एकीकृत समाजवादी अध्यक्ष नेपालले भने – हामी तत्काल सरकारमा जाँदैनौं

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 543
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन्।

    पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए।



    उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे। परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ।

    उनले संसद विघटन गरिन्छ कि भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे।

    उनले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए। अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए।

    उनले समानुपातिकमा सन्तोषजनक मत नआएपनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताएका छन्। अध्यक्ष नेपालले पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार