Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अभूतपूर्व विश्वासको मतले ऊर्जा दिएको छ : प्रधानमन्त्री प्रचण्ड

    अभूतपूर्व विश्वासको मतले ऊर्जा दिएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताएका हुन्।



    उनले भने, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो ।



    यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

    प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै युवा जीवनको स्मृति भएको बताए ।

    उनले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकासलाई प्राथमिकता दिनेसमेत आश्वासन दिए । उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार