काठमाडौं ।उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न माइतीघर जाँदैछन्। निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर मन्डला जान लागेका हुन् ।
रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्।
उनीहरूले विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या गरेको भन्दै न्याय माग गरिरहेका छन्। शनिवार धर्नास्थलमा पुगेर उनले आन्दोलनमा रहेकासँग भेटघाट गर्न लागेका हुन् ।
बेपत्ता कुर्मी र मृत्यु भएकी धोवीको हत्यारा पत्ता लगाउन अघिल्लो सरकारले बनाएको छानविन समितिले कात्तिक १४ गते पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा पूर्व सभासद् बादशाहको शंकास्पद भूमिका रहेको निष्कर्ष निकालिएको थियो भने थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।
सो प्रतिवेदनमा अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सुझाव दिइएपनि सो को कार्यान्वयन नभएको भन्दै खानले पुन माइतीघरमा धर्ना दिन थालेकी थिइन् ।
Leave a Reply