काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । पौडेलको निजी सचिवालयका अनुसार २ नेताका बीचमा झन्डै १ घण्टा कुराकानी भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ ।
दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ ।
Leave a Reply