Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतको गुप्तचरी संयन्त्र लद्दाखमा असफल ,नेपालमा पनि प्रभाव घट्दै

    भारतको गुप्तचरी संयन्त्र लद्दाखमा असफल ,नेपालमा पनि प्रभाव घट्दै

    राकेश थापा
  • शनिबार, ६ असार २०७७
  • 4.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। लद्दाखको गलवानमा चिनियाँ सेनासँगको भीडन्तमा भारतका २० सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुप्तचर संयन्त्रबारे प्रश्न उठ्ने गरेको छ ।

    यतिसम्म कि लद्दाख सीमा क्षेत्रमा भीडन्तपछि चीनले आफ्नो कब्जामा लिएका १० भारतीय सैनिकलाई रिहा गरेको  खबर भारतीय पत्रिका द हिन्दु लगायतले नै प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।



    रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु थिए। तर, भारतीय सेना र मोदीले यो कुरालाई स्वीकार गरेनन् ।



    भारतीय सैनिकहरु बेपत्ता भएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको थियो।

    तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुप्तचर सन्यन्त्र लद्दाख आक्रमणमा फेल खाएको स्वयम भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले आरोप लगाइन ।

    भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले भारतको गुप्तचर संयन्त्रमाथि प्रश्न उठाएर मोदीलाई चुनौती दिएकी छन् । लद्दाखमा भारत–चीन सैन्य झडपपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको सर्वदलीय बैठकमा उनले गुप्तचर संयन्त्रमाथि आशंका व्यक्त गरेकी हुन् ।

    लद्दाखको गलवानमा आफ्ना २० सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक गरेका थिए ।  बैठकमा भारतका २० वटा दल सहभागी भएका थिए।

    सो क्रममा ‘भारतका गुप्तचर एजेन्सी नियन्त्रण रेखामा असामान्य क्रियाकलापको रिपोर्ट नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै गान्धीले प्रश्न गरिन्, ‘के एलएसीमा चीनले ठूलो संख्यामा सेना ल्याएको सैन्य गुप्तचर एजेन्सीले रिपोर्ट दिएन ?  के यो गुप्तचर संयन्त्रको असफलता हो ?’ सीमा संकटमा आफ्नो दल पूर्ण रुपमा सरकारको साथमा रहेको बताउँदै गान्धीले सर्वदलीय बैठक बस्न ढिला गरेकोमा सरकारको आलोचना गरिन् ।

    जुन १६ मा लद्दाखमा भएको झडपमा परी २० भारतीय सैनिक मारिएपछि नयाँ रणनीतिका लागि मोदीले सर्वदलीय बैठक डाकेकाका थिए ।

    गुप्तचरीका नाममा भारतले किन खर्चन्छ ठुलो रकम ? 

    सबैभन्दा अचम्म त के छ भने नेपाललगायतका देशहरुमा गुप्तचरी गर्नका लागि भारतले ठुलो रकम खर्चदै आएको छ।

    भारतीय गुप्तचर एजेन्सी ‘रअ’ लगायतका निकायले नेपालका सुरक्षा निकायहरुमा गुप्तचरी गरे झै चीनका निकायहरुमा गुप्तचरी गर्न असफल भएको प्रस्ट देखिन्छ।

    लद्दाख आक्रमणमा चीनले अपनाएको सुरक्षा रणनीतिलाई भारतले बुझ्न नसकेको राष्ट्रिय अनुसन्धान बिभागका एक उच्च अधिकारी नै वताउंछन्। एकातिर चिनियाँ भाषा बुझ्न नसक्नु र अर्कोतिर चीनले अपनाएको गोप्य सुरक्षा रणनीतिलाई भारतले जति रकम खर्चे पनि कुनै सूचना हात पार्न नसक्नु नै भारतका लागि ठुलो कमजोरी हो।

    पछिल्लो पटक भारतको गुप्तचर सँयन्त्र नेपालमा समेत असफल हुँदै गएको छ । काठमाडौंमा भारतीय गुप्तचर निकाय ‘रअ’को नाममा हुने खुलमखुल्ला ‘दलाली गतिबिधि’ले पनि नेपालमा भारतीय गुप्तचर संयन्त्र कमजोर बन्दै गएको ती अधिकारी वताउँछन्।

    नेपालका राजनीतिक निकायदेखी सुरक्षा निकायसम्म जसरी भारतीय गुप्तचर संस्थाले प्रभाव पार्दै आएको छ, चीनमा भने भारतको गुप्तचरी परिणाम शुन्य रहेको देखिन्छ।

    त्यसो त नेपालले कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समेटेर जारी गरेको नयाँ नक्सालाई संसदले सर्वसम्मत रुपमा पारित गर्ने समय अघि पनि भारतीय जासुसी संस्था ‘रअ’ ले त्यसलाई असफल बनाउन राजनीतिक दलका नेताहरुलाई प्रयोग गर्न खोजेको थियो। तर, पछिल्लो समय नेपालमा पनि प्रभाव कमजोर बन्दै गएको ‘रअ’ को रणनीति भने नक्सा प्रकरणमा असफल बन्यो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार