Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भन्सार छली ल्याएको ६३ लाख मूल्य बराबरको चिनी बरामद

    भन्सार छली ल्याएको ६३ लाख मूल्य बराबरको चिनी बरामद

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 585
    SHARES

    नवलपरासी । पश्चिम नवलपरासी ठूलो मात्रामा अवैध रुपमा राखिएको चिनी बरामद गरिएको छ ।

    शुक्रबार राति रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा ८ सय ४१ क्विन्टल चिनी बरामद भएको हो ।



    राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।



    बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार