काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले राजनीतिलाई निजी स्वार्थको सिंढी बनाउन नहुने टिप्पणी गरेका छन् ।
उनले राजनीतिलाई निजी स्वार्थको सिंढी बनाउनु भनेको देश, समाज र राष्ट्रको वर्वादीको मन्द विष उत्पादन गर्नु भएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भण्डारीले राजनीतिक आवरणका बुवाआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गरे वर्वादी र विनासको बाटोतिर मुलुक जाने बताए ।
‘राजनीतिलाई निजी स्वार्थको सिँढी बनाउनु देश,समाज र राष्ट्रको बर्बादीको मन्द विष उत्पादन गर्नु हो१ जब राजनीतिक आवरणका बाबुआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दछ तब बर्वादी र विनासको बाटोतिर मुलुक जान्छ,रोग त साना वा ठुलाले “धृतराष्ट्र”प्रबृति लाई अनुसरण गर्नु नै हो,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
राजनीतिलाई निजी स्वार्थको सिँढी बनाउनु देश,समाज र राष्ट्रको बर्बादीको मन्द विष उत्पादन गर्नु हो! जब राजनीतिक आवरणका बाबुआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दछ तब बर्वादी र विनासको बाटोतिर मुलुक जान्छ,रोग त साना वा ठुलाले “धृतराष्ट्र”प्रबृति लाई अनुसरण गर्नु नै हो ।
— Chandra Bhandari (@chandra_1961) January 14, 2023
Leave a Reply