चितवन । आज शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ ।
पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो ।
माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।
Leave a Reply