Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनी सोलेडार सहर कब्जा गरेको रूसको दाबी, महत्वपूर्ण उपलब्धिको संज्ञा

    युक्रेनी सोलेडार सहर कब्जा गरेको रूसको दाबी, महत्वपूर्ण उपलब्धिको संज्ञा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    एजेनसी । युक्रेनको नून खानी सहर सोलेडारमाथि कब्जा गरेको रूसले दाबी गरेको छ ।

    शुक्रबार एक महिना लामो भिडन्तपछि अन्ततः आफूले नून खानी सहर सोलेडार कब्जा गरेको रूसले दाबी गरेको हो । रूसले यसलाई आफ्नो आक्रमणको “महत्वपूर्ण उपलब्धि”को संज्ञा दिएको छ ।



    रूसी रक्षा मन्त्रालयका अनुसार अब रूसी फौजले नजिकैको ठूलो सहर बाखमुटतर्फ जाने युक्रेनी आपूर्तिका रुटहरु बन्द गर्न सक्ने पनि दाबी गरेको छ ।



    यसैबीच युक्रेनी अधिकारीहरुले भने सोलेडारमा अझै युद्ध जारी रहेको बताउँदै रूसलाई गलत सूचना फैलाएको आरोप लगाएका छन् । सोलेडार वरपरको युद्ध अहिलेसम्मकै सबैभन्दा हिंसात्मक भिडन्तहरुमध्ये एक मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार