Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मीका छत्रकोट गाउँपालिका –५ मैनडाँडाका ६९ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

    गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए ।



    क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।



    लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छ ।

    होम क्वारेन्टिन रहेका ११ वर्षीया बालिकाको मृत्यु
    यसैबीच प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ ।

    झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

    गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो ।

    आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ ।

    मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए ।

    बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार