काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । जनता क्रिकेट पार्क इटहरीमा भएको खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ३३ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको बाग्मतीले २० ओभरमा सात विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।
जितसँगै सुदूरपश्चिमले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिता आजदेखि सुरु भएको हो ।
यो प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Leave a Reply